पहिलो अभ्यास खेलमा नेपाल २४३ रनले बिजयी

नेपालले अभ्यास खेलम हैम्पशायर होग्स क्रिकेट क्लबमाथि सानदार जित हात पारेको छ । गएराति सम्पन्न अभ्यास खेलमा नेपाल २४३ रनले विजयी भएको हो । नेपालले दिएको ३६३ रनको लक्ष्य पछ्याएको हैम्पशायर ३७.१ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनमा समेटिएको थियो ।

सस्तैमा समेट्ने क्रममा ललित राजबंशीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका थिए । आफ्नो पुरै स्पेशमा ४ ओभर मेडन राख्दै ३४ रन खर्चिएका थिए । यसैगरी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिँदा करण केसीले एक विकेट लिएका थिए ।
त्यसपछि पहिला व्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी खेल्दै हैम्पसायरलाई ३ सय ६३ रनको लक्ष्य दिइएको थियो ।

कप्तान खड्काले १६१ रन बनाउँदा रोहित पौडेलले ४४ , दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडेका थिए । यसैगरी आरिफ सेख २७, करण केसी १८, सन्दीप लामिछाने १६, ललितसिंह भण्डारीले १६, शरद भेषावकरले १४ सुवास खकुरेल ११ तथा, ज्ञानेन्द्र मल्लले ५ रनमा आउट भएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest