पाकिस्तानी जमामको एकदिवसिय क्रिकेटमा छिटो हजार रन पुरा गर्ने किर्तीमान

पाकस्तिानका ओपनर व्याट्सम्यान फखर जमामले सबैभन्दा चाँडो १ हजार रन पुरा गर्ने नयाँ रेकर्ड बनाएका छन् । अहिले सम्म १८ पारि व्याटिङ गरेको फखरले जिम्बाबे बिरुद्धको पाँचौ एक दिबशीय क्रिकेटमा यो उपलव्धी हासिल गरेका हुन् ।

फखरले वेस्टइण्डीजका सर विवियन रिचर्ड्सको रेकर्ड तोडेका हुन् । रिचर्डले २१ पारिमा १ हजार रन पुरा गरेका थिए । रिचर्डस सहित इंग्ल्याण्डका केविन पीटरसन, जोनाथन ट्रट दक्षिण अफ्रिकाका डी कक र पाकिस्तानकै बाबर आजमले पनि २१ पारिमै १ हजार रन पुरा गरेका थिए ।

यसैगरी फखरले जिम्बावे विरुद्धको चौथो एकदिबशीय क्रिकेटमा नट आउट २१० रन बनाएर दोहोरो सतक बनाउने पहिलो पाकिस्तानी क्रिकेटर बनेका थिए । यसैगरी उनले इमाम उल हकसँग ३०४ रनको साझेदारी गर्दै विश्व क्रिकेट इतिहासमा सबैभन्दा धेरै रनको साझेदारीमा पनि नाम लेखाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest