पाकिस्तानद्वारा जिम्बावेमा ५ खेलको सिरीज ह्वाइटवास

जिम्बावे विरुद्धको पाँच खेलको एकदिवसिय श्रृखंला पाकिस्तानले क्लिन स्विप गरेको छ । गएराति भएको पाँचौ तथा अन्तिम खेलमा पाकिस्तानले जिम्बावेमाथि एक सय ३१ रनको जित निकाल्यो ।

बुलावायो मैदानमा पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ६४ रन बनाएको थियो । उसका लागि इमाम उल हकले एक सय १० रन बनाए भने बाबर अजामले एक सय ६ रनको योगदान गरे ।

जारी प्रतियोगितामा लगातार दोस्रो सतक बनाएका इमामले नौ अन्तराष्ट्रिय खेलमा सतक सख्या चार पुर्याएका छन । यस्तै एकदिवसिय खेलमा सर्वाधिक छिटो एक हजार रन पुरा गरेका फकर जमानले ८५ रन जोडे ।

जवाफमा जिम्बावे ५० ओभरमा चार विकेट गुमाउदा दुई सय ३३ रनमा रोकियो । उसका कुनैपनि खेलाडीले ५० रन पुरा गर्न सकेनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest