दक्षिण अफ्रिका विरुद्दको टेष्ट सिरीज श्रीलंकाको पक्षमा

श्रीलंकाका रंगना हेराथले ६ विकेट लिएपछि दोस्रो टेस्टमा दक्षिण अफ्रिका १९९ रनले पराजित भएको छ ।

यो सँगै श्रीलंकाले २–० ले टेस्ट सिरिज कब्जा गरेको छ । श्रीलंकाले सन् २००६ पछि दक्षिण टेस्ट सिरिजमा अफ्रिकालाई पहिलो पटक पराजित गरेको हो ।

पहिलो टेस्ट श्रीलंकाले २७८ रनले विजयी भएको थियो । जितका लागि श्रीलंकाले दिएको ४९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा अफिकाको टीम चौथो दिनमा २९० रनमा समेटिएको थियो ।

१३९ रनबाट चौथो दिनको खेल शुरु गरेको अफ्रिकाले टी डे ब्रुइन र तेम्बा बावुमाले पारिलाई सम्हाल्न खोजेपनि बावुमा ६३ रनमा आउट भएका थिए ।

त्यसपछि क्विन्टन डी कक र ब्रूइन पनि आउट भएपछि अफ्रिकाको पारि लडखडाएको थियो । ब्रूइनले अफ्रिकाबाट यस सिरिजमा एक मात्र सतक बनाउने खेलाडीको रुपमा पारि सम्हाल्न खोजेका थिए तर हेराथले आउट गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest