अनिल साहको शतक, नेपालद्वारा इष्ट लण्डनलाई ३३९ रनको लक्ष्य

युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा इष्ट लन्डन ११ लाई ३३९ रनको फराकिलो लक्ष्य दिएको छ । नेपालका लागी ओपनर ब्याट्सम्यान अनिल साहले १९ चौका र ३ छक्का प्रहार गर्दै शान्दार १३१ रन को शतकिय पारी खेलेका थिए ।

लग्घटन क्रिकेट क्लबको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ओपनर सुबास खकुरेललाई चाँडै गुमायो । उनले व्यक्तिगत ८ रन मात्र बनाउन सके । यस्तै खराब फर्मबाट गुज्रेका उप-कप्तान ज्ञानेन्द्र मल्ल ले मात्र ९ रन बनाइ पभिलियन फर्के । कप्तान पारस खड्का पनि आजको खेलमा जम्न सकेनन्, उनि ४ रनमा आउट भए ।

अनिल साह र शरद भेषवाकरले पारीलाई सम्हाल्दै चौथो विकेटका लागी २१२ रन को साझेदारी गरेका थिए । ६ चौका र ६ छक्का प्रहार गर्दै शरद ले ८६ बलमा ९८ रन बनाएका थिए । इष्ट लण्डनका लागी अर्शलान खानले ३ र नबील अजिजले २ विकेट लिन सफल भए ।

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेल खेलेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest