एशिया कपमा नेपालले भारत पाकिस्तानसँग खेल्न पाउँने मौका

भदौ ३० गतेदेखि शुरु हुने एसिया कप क्रिकेट २०१८ को खेल तालिका सार्वजनिक भएको छ ।

सेप्टेम्बर २८ सम्म युएईमा हुने प्रतियोगितामा एसियाका टेष्ट मान्यता प्राप्त पाँच देश र छनौट भएर जाने एक गरी ६ देशले प्रतिस्पर्धा गर्ने छन् । नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबीच छनौट प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाको विजेताले एसिया कपमा स्थान बनाउने छ । यसको विजेता टिमले एसियाका टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्न पाउने छन् । भारत र पाकिस्तान समूह ए मा छन् । छनोट प्रतिस्पर्धाको विजेता पनि यहि समूहमा रहनेछ ।

यसको अर्थ नेपालले छनोट प्रतिस्पर्धा जितेमा भारत र पाकिस्तानसँगको समूहबाट खेल्नु पर्नेछ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा छन् । दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् ।
समूह चरणका खेल सेप्टेम्बर १५ देखि २० तथा सुपर ४ का खेलहरु सेप्टेम्बर २१ देखि २६ सम्म हुनेछ ।

फाइनल खेल सेप्टेम्बर २८ मा हुनेछ । सन् २०१६ मा ट्वेन्टी–ट्वेन्टी फम्र्याटमा भएको एसिया कप यसपटक एक दिवसीय फम्र्याटमा हुँदैछ । एसिया कपको साबिक विजेता भारत हो । पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपालले एसिया कपका लागि ६ टिम सम्मिलित छनौट प्रतियोगिता खेल्दैछ । जसमा एक दिवसीय मान्यता प्राप्त देश युएईसँगै हङकङ, ओमान, सिंगापुर र मलेसिया रहेका छन् र नेपालले यिनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

गएको मार्चमा जिम्बाबेमा भएको विश्वकप छनौटमा एसोसिएटतर्फ शीर्ष तीनमा अटाउन सफल हुँदै एक दिवसीय मान्यता पाएको नेपाल अहिले बेलायत र नेदरल्याण्ड्स भ्रमणमा छ । नेपालले जुलाई २९ मा लड्र्समा ट्राई सिरिज र अगष्ट पहिलो हप्ता नेदरल्याण्ड्ससँग उसैको मैदानमा एक दिवसीय शृंखला खेल्दैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest