नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११ विरुद्द २२३ रनको जित

युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जीत हात पारेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११लाई २२३ रनले पराजित गरेको हो ।

टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार साहले शतकीय पारी खेले । उनले ११८ बलमा १३१ रन जोडेका हुन् ।

यस्तै शरद भेषवाकरले ९८ रन जोड्दा सोमपाल कामीले २९ रन जोडे । इष्ट लन्डनका अर्शलान खानले ३ तथा नविल अजिजले २ विकेट लिएका थिए । ३३९ रनको विशाल लक्ष्य लिएर मैदान आएको इष्ट लण्डन ३८.५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो । नेपालका लागि शक्ति गाैचनले ४, करन केसी र ललितनारायण राजबंशीले दुर्इ दुर्इ विकेट लिए । यसैगरी साेमपाल कामी र दीपेन्द्रसिंह एेरीले एक एक विकेट हात पारे ।

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेल खेलेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest