नेपालको एशिया कप छनोटमा पहिलो प्रतिद्दन्दी ओमान

मलेसियामा अगष्टको अन्तिम साताबाट हुने एसिया कप क्रिकेटको छनोटको पहिलो खेलमा नेपालले ओमानलाई प्रतिद्दन्दी पाएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले शुक्रबार निकालेको खेल तालिकामा नेपालको पहिलो प्रतिद्वन्द्वी ओमान परेको हो । नेपाल र ओमानबीचको खेल अगष्ट २९ मा बायुमास ओभलमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा युएईको सामना गर्ने छ । नेपाल र युएईबीचको खेल अगष्ट ३० मा किनरारा ओभलमा हुनेछ ।

नेपालले तेस्रो खेलमा आयोजक मलेसियासंग सेप्टेम्बर १ मा खेल्ने छ । त्यस्तै सेप्टेम्बर २ मा सिंगापुरसंग खेल्ने नेपालले सेप्टम्बर ४ मा हङकङसंग खेल्ने छ । सेप्टम्बर ७ सम्म आयोजना हुने राउण्ड रोबिनको आधारमा हुने छनोटको शीर्ष दुई टोलीले फाइनलमा खेल्ने छन् । छनोट खेलमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।

छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एकदिवसीय फर्म्याटको एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहने छ । र, एसोसियट राष्ट्रबाट एक टोलीले एसिया कपमा टिकट काट्ने छन् । मलेसियामा हुने छनोटको बिजेता सेम्टेम्बर १३ देखि २८ तारिखसम्म हुने एसिया कपको समूह ए मा पर्नेछ । उक्त समूहमा भारत र पाकिस्तान रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest