बलात्कारको आरोपमा श्रीलंकन क्रिकेटर गुणथिल ६ महिनाको प्रतिबन्धमा

श्रीलंकाका ओपनर व्याट्सम्यान दानुष्का गुणथिल ६ महिनाको प्रतिबन्धमा परेका छन् । उनी बसेको होटेलमा उनका साथिले नर्वेकी महिलालाई बलात्कार गरेको आरोप लागेपछि गुणथिलमाथि पनि अनुसन्धान जारी छ ।

२७ बर्षीय गुणथिल अनुसन्धानका क्रममा रहेकाले ६ महिनाको प्रतिबन्ध लागेको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ । उनका साथी सन्दीप जूड सेलिहासँगै नर्वेका दुई जना महिला उनीहरुको कोठामा गएका थिए ।

तर सन्दीपमाथि बलात्कारको आरोप लागेपछि गुणथिललाई अहिले ६ महिनाको प्रतिबन्ध लागेको हो । श्रीलंका पुलिसका अनुसार गुणथिलमाथि कुनैपनि आरोप छैन् ।

तर क्रिकेट बोर्डले टीम अनुशासन तोडेको भन्दै कारबाही गरेको हो । घटना श्रीलंकाले दक्षिण अफ्रिकाबिरुद्धको टेस्ट जितेपछि भएपनि हालै मात्र सार्वजनिक भएको हो ।

खेलाडी आचार संहिता अनुसार खेलका दौरान खेलाडीहरु होटेलमा बस्दा आफ्नो कोठामा कसैलाई पनि लैजान पाईंदैन । त्यही निमय गुणथिलले उल्लंघन गरेका हुन् । अब गुणथिल अफ्रिका विरुद्धको पाँच एकदिवशीय र टी ट्वान्टी खेल्न पाउने छैनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest