टी-१० क्रिकेट, जुन ९० मिनेटको हुने र टी-२० लाई चुनौती दिदै

कुनै समय क्रिकेट यति धेरै दिनसम्म चल्थ्यो की हेर्ने मान्छेहरु पनि हैरान हुन्थे । पहिला एकदिवशीय भन्दापनि टेस्ट क्रिकेटको आयोजना हुन्थ्यो ।

अहिले जस्तो ५ दिन भित्रमा टेस्ट क्रिकेट सकिदैनथ्यो अन्तिम व्याटसम्यान क्रिजमा रहँदा सम्म टेस्ट क्रिकेट चल्थ्यो । तर यसमा परिमार्जन गर्दै टेस्ट क्रिकेट पाँच दिन भित्रमा दुवै टिमले दुई दुई पारी खेल्नुपर्ने नियम बनाइयो । त्यसैगरी एकदिवशीय क्रिकेट ५० ओभरको बनाइयो । अहिले समय बदलिएको छ । टेस्ट एकदिवशीयभन्दा पनि टी ट्वान्टी फरम्याटको क्रिकेटले राज गरेको पनि एक दशक पुगि सकेको छ ।

टी ट्वान्टीको स्वाथ चाखिसकेका दर्शकहरु अब टी टेन क्रिकेटमा अभ्यस्त हुन खोज्दैछन् । सन २०१७ मा टी टेन क्रिकेट शुरु भएको थियो । यो ९० मिनेट भित्र सकिने क्रिकेट पनि हो । यसलाई टीसीएल पनि भनिएको छ । डिसेम्बर १४ देखि १७ तारिख सम्म चलेको टी टेन क्रिकेट युएईको सारजाह क्रिकेट मैदानमा आयोजना गरिएको थियो भने त्यसको आयोजना पनि युएई क्रिकेट बोर्डलेनै गरेको थियो ।

पहिलो पटक ४ दिनमा सकिएको टी टेन क्रिकेट दोस्रो संस्करण सकिन १० दिन लाग्ने छ। टी टेन क्रिकेट अहिले वामे सर्ने क्रममानै रहेको छ । गत बर्ष भएको प्रतियोगितामा केरला किंग्सले उपाधि जितेको थियो भने त्यतिबेला जम्मा ६ टिमले सहभागिता जनाएका थिए । खेलाडी उनैहुन जसले टेस्ट, एकदिवशीय तथा टी ट्वान्टी खेलिसकेकाले दर्शकहरु प्नि क्रमश यता तर्फ आकर्षित हुँदैछन् ।

यस बर्ष आयोजना हुने टी टेन क्रिकेटमा ८ टिमले सहभागिता जनाउँदैछन् । राउण्ड रोविन लिग प्रणाली र प्लेअफ गरी १३ खेलबाट उपाधिको छिनोफानो हुने छ । अब शुरुहुने सिजनमा डिफेन्डिङ च्याम्पियन केरला किंग्स, मार्था अरेबियन, पाख्तुन टिम, पञ्जाब लेजेन्ड्स, कराँची, बंगाल टाइगर्स, नर्थन वारियर्स र राजपुतले सहभागिता जनाउने छन् ।

हुन त टी टेन क्रिकेट पाकिस्तानी खेलाडीकालागि बढी रुचाइएको खेलका रुपमा पनि लिन सकिन्छ । भारतको इन्डियन प्रिमियर लिग आईपीएलमा पाकिस्तानी खेलाडीलाई खेल्न नदिइने भएकाले पनि टी टेन क्रिकेटमा पाकिस्तानी खेलाडीको वाहुल्यता देख्न सकिन्छ । पाकिस्तानका सायद अफ्रिदी, सोयब मल्लिक,मोहम्मद हफिज, सोहेल तनभिर, असिफ अलि लगाएतका खेलाडीहरु खेल्छन् ।
एजेन्सीको सहयोगमा

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest