नेपाल र नेदरल्याण्ड्स बिचको खेल लाईभ प्रशारण हुने

एक दिवसीय अंतरराष्ट्रीय मान्यता प्राप्त गरेपछि नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्डसँग उसको घरेलु मैदानमा आगामी अगस्त १ र ३ मा खेल्दै छ ।

उक्त खेलहरुको अब नेदरल्याण्ड्स क्रीकेट बोर्डले लाईभ प्रशारण गर्ने भएको छ । नेदरल्याण्ड्स क्रीकेटको आधिकारीक ट्विटर एकाउन्टबाट यसको जानकारी दिएको हो । लाईभ प्रशारण भने यो लिन्कमा हेर्न सकिने छ ।

नेपालले नेदरल्याण्ड्ससँग २ एक दिवसीय अंतरराष्ट्रीय खेलहरु भि आर ए खेल मैदानमा खेल्ने छ । कृक्नेपालले पनि सिधै खेल मैदानबाट खेलको पुरा जानकारी गराउने छ ।

यस अघी जिम्बावेमा भएको आईसीसी विश्वकप छनोट प्रतियोगितामा यी दुइ टोली भिडेका थिए । जुन खेलमा नेदरल्याण्ड ४५ रनले विजयी भएको थियो । यसै प्रतियाेगितामा दुबै टिमले एक दिवसीय मान्यता पाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest