त्रिकोणात्मक टी-ट्वान्टी सिरिज: नेपालले जित्यो पहिलो खेल

इंग्ल्यान्डको लर्ड्समा आज भैरहेको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको आफ्नो पहिलो खेल ९ विकेटले जितेको छ ।

एमसिसि सँग खेलिएको उक्त खेलमा श्रीलंकाका पूर्व खेलाडी महेला जयवर्धनेले सर्बाधिक २४ रन बनाएका थिए । उनले १६ बलमा ४ चौका प्रहार गरेका थिए ।

नेपालको तर्फ बाट सोम्पाल कामीले २ र शक्ती गौचनले १ विकेट लिएका थिए ।

जवाफमा नेपालले ४१ रनको लक्ष्य ४.४ ओवरमा जित्न सफल भयो । उसका लागी ओपनर सुबाश खकुरेल ले १६(१५) र ज्ञानेन्द्र मल्ल ले अविजीत १२(४) रन बनाएका थिए । खकुरेल ले २ चौका र मल्ल ले १ चौका र १ छक्का प्रहार गर्दै नेपाल लाई सजिलो जीत दिलाएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest