पारस र सोमपालको अर्धसतक, नेपालले नेदरल्यान्डसलाई दियो २१७ रनको लक्ष्य

नेदरल्यान्डस विरुद्धको दोस्रो एकदिवशीय खेलमा नेपालले घरेलु टोलीलाई २१७ रनको लक्ष्य दिएको छ ।

सोमपाल कामीको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल तयार परेको हो । आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए ।

सोमपाल बाहेक नेपालका लागि कप्तान पारस खड्काले पनि ५१ रनको अर्धशतकीय योगदान दिएका थिए ।

Sompal Kami scored 61, his maiden half century against in ODI against Netherlands. Photo: Raman Shiwakoti

टस जितेर ब्याटिङ रोजेको नेपालले पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाउँदै आउट भएका थिए । त्यसपछि अनिल शाह पनि ४ रनको ब्यक्तिग स्कोरमा आउट भए । सुवास खकुरेल पनि ब्यक्तिगत १९ रनमा बोल्ड हुँदा नेपालले ४७ रनमात्र बनाएको थियो । नेपालको पहिलो तीनैवटा विकेट फ्रेड क्लासेनले लिएका थिए ।

चौथो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी १९ रनमा रनआउट भए । त्यस क्रममा पारस खड्काले ५१ रनको योगदान दिँदै १३५ को स्थितीमा पु¥याएका थिए।

नेपालका लागि आरिफ शेखले १६, सन्दिप लामिछानेले ८, रोहित कुमार पौडेलले ६, ललित भण्डारीले ४ र बसन्त रेग्मीले १ रन बनाएका थिए ।
बलिङतर्फ क्लासेनले तीन विकेट लिँदा मिचेल रिप्पन र पिटर सिलारले २–२ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest