एसिया कप क्वालिफाइर्सका लागी नेपाली टिमको प्रारम्भिक घोषणा

अगस्त २९ देखी सुरु हुने एसिया कप क्वालिफाइर्सका लागी नेपाली टोलीको प्रारम्भिक घोषणा भएको छ । १९ खेलाडीहरु रहेको उक्त सुचिमा शरद भेषवाकर भने चोटका कारण परेका छैनन ।

टिममा पारस खड्का (कप्तान), अनिल कुमार साह, बसन्त रेग्मि, बिनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कारण केसि, किशोर महतो, ललित भण्डारी, ललित नारायण राजबन्शि, अरिफ शेख्, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सागर पुन्, सन्दीप लामिछाने, सोम्पल कामी, सुबाश खकुरेल्, सुनिल धमला र सुशन भारी रहेका छन ।

टिमका कप्तान पारस खड्का र कोच जगत टमटाले टिमको चयन गरेका हुन ।

पहिलो क्याम्प अगस्त १४ तारिकमा काठमाडौंमा सुरु हुनेछ र त्यसको लगत्तै अन्तिम १५ को घोषणा हुनेछ । यस्तै ३ अभ्यास खेलका लागि नेपाली टिम अगस्त २० मा श्रीलन्का प्रस्थान गर्ने छ ।

एसियन क्रीकेट काउन्सिलले नेपाली टोलीको ब्याटिङ प्रशिक्षणका लागी अपुर्व सुबोध देसाइलाई ब्याटिङ कन्सल्टेन्टमा नियुक्त गरेको छ । उनि टिम सँग अगस्त १४ बाट हुनेछन ।

नेदरल्यान्डस सँगको पहिलो एक दिबसिय खेल्दा, दाहिने हातको औंलाको फ्राक्चरका कारण टिम बाट बाहिर भएका भेषवाकरलाई पुन खेलमा फर्कन करीब ४ हप्ता समय लाग्ने, टिमका टेक्निकल एनालिस्ट रमन शिवाकोती ले जान्कारी दिनु भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest