विश्व क्रीकेटको नयाँ बरियतामा नेपाली क्रीकेटरहरु समावेश

काठमाडौं – अन्तर्राष्ट्रिय क्रीकेट परिषद (आइसिसि) ले तयार पारेको नयाँ बरियतामा नेपाली क्रीकेटरहरु परेका छन । अगस्त १३ मा सार्बजनिक गरिएको उक्त तालिकामा कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी आदि परेका हुन ।

एक दिबसिय बलिङ बरियतामा लेग स्पिनर सन्दीप लामिछाने २१७ औं स्थानमा उक्लिएका छन भने ब्याटिङ तर्फ सोमपाल कामी २२९ औं र ज्ञानेन्द्र मल्ल २३६ औं स्थानमा रहेका छन । कामी र मल्ल दुबै जना नेपालका लागी उच्च स्थान ओगट्न सफल ब्याट्स्मान हुन ।

विश्व टि-२० क्रीकेटको बरियतामा बलिङ तर्फ स्पिनर बसन्त रेग्मी ३९७ अंकका साथ ७१ औं स्थानमा छन भने तिब्र गतीका बलर सोमपाल कामी ३३८ अंकका साथ ९२ औं स्थानमा रहेका छ । ब्याटिङ तर्फ नेपाली टोलीका कप्तान पारस खड्का २६५ अंकका साथ ९० औं स्थानमा पर्न सफल भएका छन । औंलाको चोटका कारण बिश्राम लिएका शरद भेषवाकर ९८ औं स्थानमा छन । उनको २३८ अंक रहेको छ ।

एक दिबसिय टिम बरियताको तालिकामा समावेश हुन नेपालले अझ दुइ वटा खेल खेल्नु पर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest