क्यारेबियन टि-२० मा सन्दीप लामिछानेको राम्रो प्रदर्शन जारी

क्यारेबियन प्रीमिएर लिग (सिपिएल) टि-२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी रहेको छ ।

सेन्ट किट्स र नेभिस पैट्रियट्स बाट दोस्रो खेल खेल्दै १८ बर्षिय लामिछानेले ट्रीन्बागो नाइट राइडर्स् बिरुद एक विकेट हात पारे । आफ्नो पहिलो ओवर को तेस्रो बलमा अष्ट्रेलियाका कृष लिनलाई चक्मा दिदै ६ रनको व्यक्तिगत स्कोरमा उनले बोल्ड गरेका थिए । उक्त सफलता संगै लामिछानेले पहिलो ओवर विकेट मेडन गर्न सफल भए ।

टस हारेर पहिलो ब्याटिङ गरेको सेन्ट किट्सले ७ विकेटमा २०३ को बिशाल स्कोर प्रस्तुत गरेको थियो । लामिछानेले खेलमा केबल ३ ओवर मात्र गर्ने मौका पाए जसमा उनले १७ रन दिएका थिए ।

ट्रीन्बागो नाइट राइडर्स् ले दोस्रो पारीमा ८ विकेटको क्षतिमा १६१ रन बनायो र खेल ४२ रनले हार्यो ।

यस अघीको एमेजन सँगको पहिलो खेलमा सन्दीपले ४ ओवरमा १२ रन दिदै २ विकेट लिएका थिए । सेन्ट किट्सले तेस्रो खेल अगस्त १६ मा जमाइका सँग खेल्ने छ । २ खेलमा १ जित र १ हार बेहोरेको सेन्ट किट्स अंक तालिकामा पाँचौ स्थानमा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest