६ महिनामा क्रिकेट विवाद समाधान हुने आशा

नेपाली क्रिकेटको विवाद समाधान गरी निलम्बन फुकुवा गर्ने अन्तिम प्रयत्नका रुपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बनाएको स्वतन्त्र समूहको बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।

काठमाडौंको सोल्टी होटलमा बसेको बैठकमा आईसीसीका उपाध्यक्ष तथा एशोसियन हेड उस्मान ख्वाजा पनि उपस्थित थिए । बैठकले विवाद समाधानका लागि सकारात्मक छलफल गरेको र कोहि पनि विवादका नाममा नेपाली क्रिकेटलाई बन्धक बनाउन नहुनेमा सहमत भएको बताइएको छ ।

स्वतन्त्र समूहका सदस्य एलबी क्षेत्रीले क्रिकेटको बिकासका लागि यसलाई विवादमा राखिराख्नु नहुनेमा सबै सहमत भएको र सकारात्मक छलफल भएको जानकारी दिए ।

मुख्य गरी जिल्ला अधिवेशन पुुरानैलाई मान्यता दिने या नदिने भन्ने विषयमा देखिएको विवाद समाधान गर्न आजको बैठक केन्द्रित रह्यो । त्यस्तै निर्वाचित क्यानका तर्फबाट अदालतमा परेको मुद्दा फिर्ताको प्रक्रियाका साथै राष्ट्रिय खेलकुद परिषदले गठन गरेको तदर्ससमिति भंग गर्ने विषयमा पनि छलफल भएको सदस्य क्षेत्रीले नेप्लेजलाई बताए ।

गत साउन १० गते समूहले सार्वजनिक सूचना जारी गरी जिल्लाको अधिवेशन किन गर्नु नपर्ने प्रमाणसहित प्रस्तुत हुन भनेको थियो । त्यसअनुसार ३६ जिल्लाबाट प्रमाण आएको छ । त्यस प्रमाणलाई स्वतन्त्र समूह र उसको कानूनी सल्लाहकारले प्रमाणीकरण गरेपछि मात्र जिल्लामा पुनः अधिवेशन गर्ने नगर्ने बारे टुंगो लाग्ने समूहका सदस्य क्षेत्रीले जानकारी दिए ।

प्रमाणीकरणबारे छलफलका लागि कानूनी सल्लाहकार समितिलाई १० देखि १५ दिनको समय दिइएको छ । जिल्लाको समयस्या समाधान भएपछि प्रदेश निर्वाचनबारे छलफल गरिने र केन्द्रि निर्वाचन गरेर आईसीसीको साधारणसभा समक्ष बुझाउने प्रक्रिया रहेको क्षेत्रीले बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest