ग्यारी स्टीड न्यूजिल्याण्डको क्रिकेट टिमको नयाँ प्रशिक्षक

ग्यारी स्टीड न्यूजिल्याण्डको क्रिकेट टिमकालागि नयाँ प्रशिक्षक नियुक्त भएका छन् ।उनले माइक हसनको ठाउँ लिएका हुन् ।

सन् १९९९ मा न्यूजिल्याण्डबाट पाँच टेस्ट खेलेका ग्यारी त्यसपछि कहिल्यै टिममा परेका थिएनन् । तर उनी प्रशिक्षकको भूमिकामा भने न्यूजिल्याण्डमा सफल मानिन्छन् । प्रशिक्षकको भूमिकामा उनले सम्हालेको क्यान्टबरी क्लबले २०१४, २०१५ र २०१७ को घरेलु उपाधि जितेको थियो ।

६ बर्ष सम्म प्रशिक्षक भएका हसनको ठाउँ लिन लागेका ग्यारीले हरेक पटक टिममा सुधारको आवश्यकता पर्छ, त्यसका लागि म सधैं तयार छु । ४६ बर्षीय ग्यारीले आगामी विश्वकप न्यूजिल्याण्डले जित्ने दावी गरेका छन् ।

उनले भने ‘न्यूजिल्याण्डको टिमले राम्रो प्रदर्शन गरिरहेको छ, केन विलियमसन जस्ता सफल कप्तान पनि छन्, त्यसैले विश्कप जित्ने हैसियत राख्छौं ।’

प्रशिक्षक भएपछि गर्ने कामको योजना सुनाउँदै उनले भने ‘हामी विश्वकपका साथ साथै आईसीसी टेस्टमा पनि च्याम्पियन हुन चाहन्छौं । सवै खेलाडीलाई एकैठाउँमा राखेर अघि बढ्ने मेरो पहिलो लक्ष्य हुने छ ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest