जमाइका विरुद्द सन्दिपको २ विकेट, एकै ओभरमा लिए विकेट

नेपाली युवा बलर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग क्रिकेट सिपिएलमा आफ्नो जादुलाई कायमै राखेका छन । प्रतियोगिताको तेस्रो खेलमा सन्दिपले जमाइका तल्लावह्स विरुद्धको खेलमा दुई विकेट लिएका छन ।

जारी सिपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडी बनेका सन्दिपले जमाइका विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पारे । जमाइकाको पहिलो विकेटको साझेदारीलाई तोड्दै सन्दिपले किनर लुइसलाई ४९ रनमा आउट गरे । पहिलो ओभरमा १० रन खर्चिएका सन्दिपले दोस्रो ओभरमा आठ रन दिदै दुई विकेट हात पारे ।

उनले आफनो दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याकार्थेलाई आउट गरे । यो प्रतियोगितामा सेन्ट किट्स र नेभिस पेट्रियोट्सका लागि सन्दिपले ३ खेलमा ५० रन खर्चिदै ५ विकेट हात पारीसकेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest