पिपिएल क्रिकेटका लागि पुर्वाधारको तयारी सुरु, ४ हजार दर्शकका लागि अस्थाई प्याराफिट राखिने

आगामी कार्तीक ९ गते देखी हुने प्रतियोगितालाई विशेष बनाउन मैदान मर्मत देखि अन्य कामहरु सुरु गरिएका छन ।

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले पीपीएललाई लक्षित गर्दैै मैदान निर्माण कार्यलाई तीव्रता दिएको छ । मैदान सम्याएर अहिले पिच निर्माण कार्य भइरहेको छ । भारतका क्युरेटर सन्तोष सिंह सहितको टिमले चार वटा पिच निर्माणको काम गरिरहेको छन । मैदानमा लेभलिङ गर्ने, घाँस रोप्ने, पेभिलियन, स्थायी खालको स्कोरबोर्ड निर्माण कार्य चलिरहेको छ ।

साढे ४ हजार दर्शक अट्ने अस्थायी प्यारापिट निर्माण गर्ने र दर्शकको सुविधाका लागि स्क्रिन समेत राखिने छ । त्यस्तै खेलाडीका लागी चेन्जीङ रुम लगायतका आवश्यक पुर्वाधार निर्माण गरिने छ ।

पोखरासँगै विराटनगर, काठमाडौ, बुटवल, नेपालगन्ज र धनगढी फ्रेन्चाईज शहर हुने छन् । ६ फ्रेन्चाईज शहरले दुई विदेशी र दुई स्थानिय खेलाडी अनिवार्य राख्नुपर्ने छ । अक्सन मार्फत खेलाडी छनौट गरिने र पुरस्कार राशी २५ लाख रुपैयाँ भन्दा बढी हुने आयोजकको दावी छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest