धोनीको विकल्पको खोजीमा भारतीय क्रिकेट टिम

भारतीय टेस्ट क्रिकेटबाट महेन्द्रसिंह धोनीले सन्यास लिएपछि नियमित विकेटकिपर नहुँदा भारतीय टेस्ट टिमको प्रदर्शनमा समेत औंला उठ्न थालेपछि राष्ट्रिय चयनकर्ताहरुले भरोसा गर्न मिल्ने खालको विकेटकिपरको खोजीमा छन् ।

इङ्ल्याण्डमा जारी टेस्ट खेलिरहेका दिनेश कार्तिकले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले २ वटा टेस्टमा जम्मा २१ रन बनाएका छन् । त्यसैले भारतीय चयनकर्ताहरु उपयुक्त विकेटकिपर ब्याट्सम्यानको खोजीमा रहेका हुन् । उनीहरुको आखाँ अहिले ऋषभ पन्त, ईशान किशन र सन्जु स्यामसनमा लागेको छ ।

आउँदो एकदिवसीय बिश्वकप पछि धोनीले एकदीवसिय क्रिकेटबाट पनि सन्यास लिने बताइरहेका बेला अब धोनीको विकल्प खोज्नुपर्ने भारतीय टिमका पूर्व छनौटकर्ता बिक्रम राठोर बताउँछन् । धोनीले टेस्टबाट सन्यास लिएलगत्तै ऋद्धिमान साहा नियमित विकेटकिपरको दौडमा सबैभन्दा अगाडि थियो । तर उनको प्रदर्शन सन्तोष जनक नभएपछि टिममा पर्न सकेनन् ।

शनिबारबाट शुरुहुने तेस्रो टेस्टमा ऋषभ पन्तलाई समावेश गर्ने तयारी गरिएको छ । उनले कार्तिकको स्थान लिने बुझिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest