यू-१९ क्रिकेट टिमका लागि खेलाडी छनोट अन्तिम चरणमा, १५ खेलाडीका लागि १ हजार सहभागि

नेपाली खेलकुदमा यतिबेला सबै भन्दा चर्चामा रहेको खेल हो क्रिकेट, दिनानुदिन चुलिदै गएको चर्चा त्यसमा पनि क्रिकेट प्रतिको रुचिले यतिबेला यो खेलमा लाग्न चाहने युवाको सख्या निकै बढेको छ । जसको उदाहरण हो १९ बर्ष मुनि राष्ट्रिय टिमका लागि भएको खेलाडी छनोट । १५ खेलाडी छनोटका लागि देशभरका एक हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउनु आफैले प्रमाणित गर्छ क्रिकेटले युवालाई कति मोहित गरेको रहेछ भनेर ।

नेपाल क्रिकेट संघ विघटन भएपछि सबै भन्दा ठुलो मार उमेर समुहका खेलाडी छनोटमा परेको छ । उमेर समुहमा कुनैपनि प्रतियोगिता नुहदा अन्तराष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छान्न नै कठिन भइरहेका बेला भारतमा हुने यू–१९ स्तको प्रतियोगितालाई मध्यनजर गरेर देश ब्यापि रुपमा ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरियो । जसमा खेलाडी ओइरिएको देख्दा नेपालमा क्रिकेटले युवामाझ गहिरो जरो गाडिसकेको रहेछ भनेर प्रष्ट हुन्छ ।

हुन त यसअघि पनि यो उमेर समुहमा ट्यालेन्ट हन्ट हुदा खेलाडीको उपस्थिती निकै बाक्लो थियो, तर यसपटक कुल ११ सय भन्दा बढी खेलाडीले यो कार्यक्रममा भाग लिए । यू–१९ का प्रशिक्षण विनोद दाशको संयोजकत्वमा आयोजना भएको ट्यालेन्ट हन्टले देशभर रहेका प्रतिभावान खेलाडीलाई राष्ट्रिय टिमसम्म पुर्याउने बाटो खोलेको छ ।

युवा खेलाडी छनोटको जिम्मा पाएका विनोद दाशका अनुसार ट्यालेन्ट हन्टको पहिलो चरणमा एक हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । त्यो बाट एक चरणमा एक सय जना खेलाडीलाई छनोट गरिएको छ । त्यसपछि दोस्रो चरणमा हाल यू–१६ मा रहेका खेलाडी र यू–१९ टिममा यसअघि रहेका खेल्न योग्य खेलाडी सहित नयाँ छनोट भएका ३० खेलाडीलाई समावेश गरेर सेलेक्सन म्याच गराइनेछ । त्यसबाट निस्किएका राम्रा १५ खेलाडीलाई भारतमा सेप्टेम्बरको दोस्रो साता हुने यू–१९ क्रिकेट प्रतियोगिताका लागि क्याम्पमा राखिने बताए ।

क्यान निलम्बनले जुनियर स्तरका प्रतियोगिता हुन न सक्नुले खेलाडीलाई पनि कसरी आफ्नो प्रतिभा देखाउने भनेर बाटो खोजिरहेका बेला यो निकै राम्रो माध्यम बनेको छ । चरणबद्ध रुपमा ट्यालेण्ट हण्ट बाट १५ जना खेलाडी १९ वर्ष मुनिको क्रिकेट टिमका लागि छनोट हुनेछन । यो ट्यालेन्ट हन्टले नयाँ खेलाडीलाई मात्र मौका दिएको छैन, क्रिकेटमा लागिसकेका खेलाडीलाई पनि फेरी एकपटक देशको प्रतिनिधित्व गर्न पाउने अवसरको ढोका खोलेको छ ।

ट्यालेन्ट हन्टमा पुगेका खेलाडीले पनि आफ्नो क्षमता देखाउने बाटो पाएको बताए । सोहि कार्यक्रममा सहभागि राम कार्की भन्छन– यो कार्यक्रमले राम्रा मात्र होइन हिडेन खेलाडीलाई पनि क्षमता देखाउने मौका पाएका छन । उनिहरुलाई राष्ट्रिय टिमसम्म पुग्ने बाटो देखाएको छ । सन्दिप लामिछाने जस्तै देशको नाम चिनाउनका लागि यो कार्यक्रमले आशा देखाएको बताउछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest