एशिया कप छनोटका लागि नेपाली टिमको घोषणा, सागर र विनोदको कमब्याक

मलेसियामा आयोजना हुने एसीसी एसिया कप छनोट प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ ।

अगस्ट २८ देखि मलेसियामा हुने प्रतियोगिताका लागि गठित छनोट समितिले १५ नियमित र चार बैकल्पिक खेलाडीको नामावली सार्वजनिक गरेको हो । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सहभागि छनोट समितिले आज सार्वजनिक गरेको नेपाली टिममा विनाेद भण्डारी र सागर पुनले कमब्याक गरेका छन् ।

नेपाली टिम
पारस खड्का
ज्ञानेन्द्र मल्ल
अनिल कुमार शाह
बसन्त रेग्मी
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
सागर पुन
सन्दिप लामिछाने
सोमपाल कामी
सुवास खकुरेल

बैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन् ।

मलेसियामा आयोजना हुने प्रतियोगिता अघि नेपाली टिमले श्रीलंकामा अभ्यास गर्नेछ । नेपाली टिमले त्यहाँको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछ ।

अभ्यास सकेपछि नेपाली टिम अगस्ट २७ मा त्यतैबाट मलेसिया प्रस्तान गर्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङ्कङ्, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest