शरद र बसन्त नेपाल बंगलादेश बैंकको ब्रान्ड एम्बेस्डर

नेपाल बंगलादेश बैंकले क्रिकेटर द्वय बसन्त रेग्मी र शरद भेषावकरलाई प्रायोजन गरेको छ । नेपाली क्रिकेटमा उल्लेखनिय योगदान गर्दै आएका दुई अनुभवी क्रिकेटरलाई बैंकले आज एक कार्यक्रममा दुई वर्षका लागि ब्राण्ड एम्बासडर नियुक्त गरेको हो ।

मिस्टर फिनिसरको उपनाम पाएका शरद भेषावकर नेपाली क्रिकेटका भरपर्दा ब्याट्सम्यान हुन् भने स्पीनर बसन्त रेग्मी नेपालका सर्वाधिक विकेट लिने बलर हुन् । एभरेष्ट प्रिमियर लिगको आयोजक इपीएलको पहलमा उक्त सम्झौता भएको हो ।

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले दुई खेलाडीलाई सद्भावना दूतमा नियुक्त गर्दा बैंक गौरवान्वित भएको प्रतिक्रिया दिए । ‘नेपाली क्रिकेट टिमका दुई भरपर्दा खेलाडीः शरद भेषावकर र बसन्त रेग्मीलाई हाम्रो ब्राण्ड एम्बासडर नियुक्त गर्न पाउँदा नेपाल बंगलादेश बैंक गौरवान्वित छ । यो साझेदारीबाट नेपाली क्रिकेटको विकासमा योगदान दिने बैंकको अभियानको सुरुवात भएको हो ।’

ब्राण्ड एम्बासडर नियुक्त भएपछि बसन्त रेग्मीले बैंकसँगको केही बैठकले नै आफुलाई सहयोग गरेकोमा बैंकप्रति आभार ब्यक्त गरे । शरणले क्रिकेटरका रुपमा कुनै ब्यापारिक प्रतिष्ठानसँग सहकार्य गर्न चाहेको अवस्थामा यो सम्झौताले नेपाली खेलकुदमा अझ ठूलो योगदान दिने हौसला बढेको प्रतिक्रिया दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest