टिमका लागि निकै महत्वपुर्ण प्रतियाेगिता एशिया कप छनाेट- पारस

मलेसियामा यही अगष्ट २९ देखि हुने एसीसी एसिया कप छनोट क्रिकेटको तयारीका लागि नेपाली क्रिकेट टिम श्रीलंका उडेको छ।

श्रीलंका जाने कप्तान पारस खड्कासहितको टोलीलाई सोमवार सभामुख कृष्ण बहादुर महराले बालुवाटारस्थित आफ्नै निवासमा बिदाई गरे। विदाईपछि पत्रकारसँग बोल्दै कप्तान पारस खड्काले यो प्रतियोगिता आफ्नो टिमका लागि निकै महत्वपुर्ण रहेको र अहिलेको जुन मामेन्टम टिममा छ त्यसलाई कायम राख्दै अगाडी बढ्ने बताए । श्रीलंकामा सक्दो राम्रो अभ्यास गरेर कमजोरीलाई औल्याउदै टिम जितका लागि मलेसिया जाने बताए ।

साथै उनले एशियाली क्षेत्रमा अरु ठाँउको तुलनामा फरक बाताबरण हुने र लामो समयपछि एशियाली देशहरुसँग खेल्न लागेकाले सबै टिम निकै बलिया भएको र आफुहरुले त्यहि अनुसारको रणनिती अप्नाउने बताए ।
डिभिजन लेभलमा हामीहरुले सबै टिमसँग खेलेको भएपनि यो प्रतियोगिता फरक स्तरको रहेको उनले बताए ।

नेपाली टिममा १४ खेलाडी, म्यानेजर, कोच, फिजियो, ट्रेनर, ब्याटिङ कन्सलट्यान्ट र भिडियो एनालिस्टसहित २० सदस्यसीय टोली श्रीलंका गएका हुन्। हाल सीपीएल खेलिरहेका सन्दीप लामिछाने भने उतैबाट मलेसिया प्रस्थान गर्नेछन्।
श्रीलंकामा एक साताको अवधीका नेपालले स्थानिय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टोली उतैबाट अगष्ट २७ मा मलेसिया जानेछ।

नेपालको अभ्यास खेल तालिका:
अगष्ट २२ : नेपाल vs आर्मी क्रिकेट टिम (पानगोडा मैदान)
अगष्ट २४ : नेपाल vs ब्लुमफिल्ड (ब्लुमफिल्ड मैदान)
अगष्ट २६ : नेपाल vs कोल्ट (कोल्ट मैदान)

नेपालले अगष्ट २९ मा ओमानसँग खेल्दै एसिया कप छनोट सुरु गर्नेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest