इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतीय कप्तान विराट कोहलीकाे सतक

इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतीय कप्तान विराट कोहलीले सतक प्रहार गरेका छन् । उनी १०३ रनमा आउट भए । दोस्रो पारिमा उनले सतक प्रहार गरेका हुन् । पहिलो पारिमा कोहली ९७ रनमा आउट भएका थिए ।

टेस्ट क्रिकेटमा विराटको यो २३औं शतक हो । पहिलो इनिङ्समा ३ सय २९ रन बनाएको भारतले इग्ल्यान्डलाई १ सय ६१ रनमा रोकेको थियो ।

त्यसपछि दोस्रो पारि शुरु गरेको भारतले राम्रो प्रदर्शन गरेको छ । अहिले सम्म ४५० बढी रनको अग्रता लिइसकेको छ । आज तेस्रो दिनको खेल जारी छ । दोस्रो दिन १२४ रन बनाउँदा २ विकेट गुमाएको भारतका लागि आज चेतेश्वर पुजारा र कोहलीले गतिलो साझेदारी गरेका थिए । पुजारा ७२ रनमा आउट भएका छन् ।

लगातार दुई टेस्टमा पराजित भएपछि दबाबमा परेको भारत यो टेस्ट जित्दै श्रृंखलाको दूरी घटाउने दाउँमा रहको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest