सिपीएलमा सन्दिपले लिए वार्नरकाे विकेट, चार खेलमा ७ विकेट

नेपाली युवा बलर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिगमा आज पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिन सफल भए । कायरन पोलार्डको कप्तानीमा रहेको सेन्ट लुसिया स्टार्स विरुद्धको खेलमा सन्दिपले २ ओभर २ विकेट चट्काए ।

सिपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दिपले आफ्नो प्रभाव सेन्ट लुसिया विरुद्धको खेलमा पनि जमाए । उनले दुई ओभरमा मात्र १२ रन दिएर दुई विकेट लिए । सन्दिपले पहिलो विकेटका रुपमा आक्रामब खेलाडी डेविड वार्नसलाई सिकार बनाए ।

त्यसपछि उनले क्वेस अहमदलाई पेभेलियनको बाटो देखाए । जारी चार खेलमा सन्दिपको सात विकेट लिइसकेका छन । यसअघि उनले एमाजोना विरुद्ध दुई, टी एण्ड टी राइटर्स विरुद्ध एक र तालावाज विरुद्ध दुई विकेट लिएका थिए । उनको टिमले जारी प्रतियोगितामा दोस्रो जित पनि निकालेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest