पहिलाे अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्ने, ज्ञानेन्द्रले कप्तानी गर्ने

एसीसी एशिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा श्रीलंकाको आर्मी टिम विरूद्द टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जसमा नेपालले पहिलो खेलमा नियमित कप्तान पारस खड्कालाई आराम दिएको छ । उनको स्थानमा ज्ञानेन्द्र मल्लले कप्तानी गर्नेछन ।

यस्तै विनोद भण्डारीलाई टिममा राखिएको छ भने सागर पुनलाई पनि आराम दिइएको छ । नेपालको प्लेइङ ११ मा कप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, विनोद भण्डारी, रोहित पौडेल, अनिल शा, आरिफ शेख, ललित भण्डारी, ललित राजवंशी, सोमपाल कामी र दिपेन्द्र ऐरी छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest