नेपालले श्रीलंकाको आर्मी टिमलाई १९५ रनको लक्ष्य

एसीसी एशिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले पहिलो अभ्यास खेलमा श्रीलंकाको आर्मी टिमलाई एक सय ९५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर चार बलमा एक सय ९४ रनमा अलआउट भयो । नियमित कप्तान पारस खड्का विना नै मैदानमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन ।

३० रन हुदा दुई विकेट गुमाएको नेपालका लागि आरिफ शेखले अविजीत ८९ रन बनाए । यस्तै आजको खेलका कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउदा रोहित पौडेलले १२ रन जोडे ।

यस्तै यो पटक टिममा कमब्याक गरेका विनोद भण्डारी १६ रनमा पेभेलियन फर्किए । ९० रन बनाउदा ७ विकेट गमाएको नेपालका खेलाडी विच खासै राम्रो साझेदारी हुन सकेन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest