इंग्ल्याण्डविरुद्धको तेस्राे टेस्टमा भारत २०३ रनकाे भारी अन्तरले विजयी

इंग्ल्याण्डविरुद्धको पाँच टेस्ट श्रृंखलामा भारतले तेस्रो खेलमा २०३ रनको जित निकालेको हो ।

नटिङघममा ५२१ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ३१७ रनमा आल आउट भएपछि भारतको २०३ रनको जित सम्भव भएको हो । पाँचौ दिनको पहिलो सत्रमै भारतका रविचन्द्रन आश्विनले अन्तिम विकेटका रुपमा जेम्स एन्डरसनलाई आउट गरे ।

दोस्रो पारीमा शुरुआती ४ विकेट सस्तैमा गुमाएको इंग्ल्याण्डका लागि जस बट्लर र बेन स्ट्रोक्सले १६९ रनको साझेदारी गरेका थिए । चौथो दिनको अन्तिम सत्रमा जसप्रित बुमराहले बटलरलाई १०६ रनको स्कोरमा आउट गरे । त्यस्तै स्ट्रोक्स पनि ६२ रनमा आउट भएपछि इंग्ल्याण्ड हार नजिक पुगेको थियो ।

दोस्रो पारीमा भारतका बुमराहले ५ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा ३२९ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्ड १६१ रनमै समेटिएपछि पहिलो पारीमै भारतले १६८ रनको अग्रता बनाएको थियो ।

दोस्रो पारीमा कप्तान विराट कोहलीको शतकीय योगदानमा भारतले ७ विकेट गुमाएर ३५२ रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो । र, इंग्ल्याण्डले ५२१ रनको लक्ष्य पाएको थियो ।

तेस्रो टेस्ट भारतले जितेसँगै श्रृंखला २–१ को अवस्थामा आएको छ । चौथो टेस्ट ३० अगस्टदेखि साउथह्याम्पटनमा शुरुहुने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest