ब्लुमफिल्ड विरूद्द नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने

एसीसी एशिया कप क्रिकेट छनोटका लागि श्रीलंकामा रहेको नेपालले टिमले दोस्रो अभ्यास खेलमा अहिले ब्लुमफिल्डसँग खेलिरहेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । आजको खेलमा नियमित कप्तान पारस खड्का टिममा फर्किएका छन भने पहिलो खेलमा कप्तानी गरेका ज्ञानेन्द्र मल्ललाई आराम दिइएको छ ।

यस्तै विनोद भण्डारीलाई पनि बेन्चमा राख्दै सागर पुनलाई टिममा राखिएको छ । सोमपाल कामिलाई पनि आजको खेलमा आराम दिइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest