दाेस्राे अभ्यास खेलमा नेपालले दियाे ३२४ रनकाे लक्ष्य, दिपेन्द्र एेरीकाे सतक

एशिया कप छनोट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकाको प्रिमियर क्लव ब्लुमफिल्डबिरुद्ध ३२४ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ ।

ब्लुमफिल्ड क्लवको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले मध्यक्रमका युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीको शतकीय योगदानमा ८ विकेटको क्षतिमा ३२३ रनको सम्मानित योगफल बनाएको हो ।

पाचौं नम्बरमा ब्याटिङमा आएका दिपेन्द्रले ९६ बलमा ९ चौका र ५ छक्काको सहयोगमा १२१ रन बनाए । उनले पाँचौं विकेटका लागि सागर पुनसँग मिलेर १८५ रनको शानदार साझेदारी गरेका थिए । सागरले पनि ९२ रन बनाए ।

यसअघि ओपनर अनिलकुमार साह र सुवास खकुरेलले क्रमसः १७ र ९ रन बनाएका थिए भने कप्तान पारस खड्काले २३ तथा रोहित कुमार पौडेल ११ रन बनाएर आउट भएका थिए ।

बलिङतर्फ ब्लुमफिल्डका सनोज धर्सिकाले ३ विकेट लिए ।

यसअघि पहिलो अभ्यास खेलमा आर्मी क्रिकेट टिमलाई ६७ रनले हराएको नेपालले आजको अभ्यास खेलमा नियमित खेलाडीहरु ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र बिनोद भण्डारीलाई आराम दिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest