काठमाडौं – एसीसी एसिया कप छनोटको तयारी गर्न श्रीलंकामा रहेकाे नेपाली क्रिकेट टिमले लगातार दाेस्राे जीत निकालेकाे छ ।
शुक्रबार भएको खेलमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई डकवर्थ लेविस पद्दतिको आधारमा १ सय ७६ रनले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । उनले दिपेन्द्रले ९६ बलमा १ सय २१ रन बनाए । यस्तै सागर पुनले ९२ रनको योगदान गरे भने कप्तान पारस खड्काले २३ करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए । ब्लुमफिल्ड लाहिरु सन्जयले २ विकेट लिए ।
#Nepal Practice tour of Sri Lanka 2018, Match 2 vs Bloomfield
Nepal 323/8, Sagar Pun 92, @DSAiree45 121
Scorecard – https://t.co/QnG8sXnvvD pic.twitter.com/JJMf8AL9wC— cricnepal.com (@cricnepal) August 24, 2018
नेपालले दिएको ३ सय २४ रनको लक्ष्य पक्ष्याएकाे घरेलु टोलीले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिएको थियो । खेल रोकिनुअघि ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
ब्लुमफिल्डका लागि सनोज धर्शैकाले ३८, सचीन जयवर्द्धनेले ३० तथा कुसन एकनायके र सेशन फर्नान्डोले समान १६/१६ रन जोडे । नेपालका सागर पुनले ३ विकेट लिए । त्यस्तै ललित भण्डारीले २ तथा बसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान १/१ विकेट लिन सफल भए ।
अब अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग आइतबार खेल्ने छ ।