आयरल्याण्ड विरुद्धको पहिलाे एकदिवसिय खेलमा अफगानिस्तान विजयी

आयरल्याण्ड विरुद्धको पहिलाे एकदिवसिय खेलको श्रृखंला अफगानिस्तान २९ रनले विजयी भएकाे छ ।

आयरल्याण्डको बेलफेस्टमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय २७ रन बनायो । उसका लागि गुल्बादीन नाइबले ६४ रन बनाउदा हस्मतुल्लाह साहिदीले ५४ तथा राहमत शाहले २९ रनकाे योगदान गरे । यस्तै कप्तान अस्घर अफघानले २५ रन थपे ।

जवाफमा आयरल्याण्ड ४८ ओभर ३ बलमा मात्र एक सय ९८ रनमा अलआउट भयो । उसकालागि एन्डी बाल्बरीनले ५५, विल्सनले ३८ र केभिन ओब्राइनले २२ रन बनाउदा बाकि खेलाडी सस्तैमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest