इपिएलका लागि काठमाडौ किङ्सले जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई अनुबन्ध गर्याे

आसन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौ किङ्सले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमा जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई काठमाडौले टिममा भित्र्याएको छ ।

यसअघि आयरल्याण्डका केभिन ओब्राइन र युएईका कप्तान रोहन मुस्तफालाई अनुबन्ध गरिसकेको काठमाडौ किङ्सले सिकन्दरलाई पनि टिममा समावेश गरेको छ ।

इपिएलमा ३ विदेशी खेलाडी राख्न पाउने नियम अनुसार काठमाडौले आफ्नो टिममा तीन जनालाई अनुबन्ध गरेको हो । जिम्बावे टिमका सफल र चर्चित खेलाडी सिकन्दरले राष्ट्रिय टिमबाट ८५ एकदिवसिय १० टेष्ट र २० टी–२० खेल खेलिसकेका छन ।

यो बर्षको विश्वकप छनोटमा म्यान अफ द सिरीज बनेका सिकन्दरले ३१९ रन बनाउनुका साथै १५ विकेट पनि लिएका थिए । जिम्बावेका भरपर्दा खेलाडी सिकन्दरलाई टिममा भित्र्याउन पाउदा निकै खुसी लागेको काठमाडौ किङ्सले जनाएको छ ।

३२ बर्षे सिकन्दरले टेष्टमा ७६२ र एकदिवसियमा दुई हजार ३८१ रन बनाएका छन । जसमा उनले ३ सतक र १३ अर्धसतक प्रहार गरेका छन । यस्तै टेष्टमा पनि उनले १ सतक र ३ अर्धसतक हिर्काएका छन ।

बलिङमा पनि अब्बल सिकन्दरले जिम्बावेबाट टेष्टमा १३, एकदिवसिय ५० र टी–२० मा ९ विकेट लिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest