एशिया कप छनाेटमा नेपालकाे पहिलाे भिडन्त भाेली अाेमानसँग

एसीसी एशिया कप छनोट प्रतियोगिता भोली देखि सुरु हुदैछ । जसमा नेपालले पहिलो खेलमा भोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको बायुमास ओभल मैदानमा हुने खेल नेपाली समय अनुसार विहान पौने आठ बजेबाट सुरु हुनेछ । प्रतियोगिताका लागि नेपाली टिम सोमबार मलेसिया पुगेको हो ।

आज अन्तिम अभ्यास गर्दै टिमले ओमान विरुद्धको तयारी पुरा गरेको छ । नेपाली टिमका कप्तान पारस खड्काले मलेसियाको पिचमा हामी परिचित भएको भएपनि ओमान राम्रो टिम रहेको र कमजोरका रुपमा नलिने बताए । साथै उनले यो एशिया कप खेल्ने निकै राम्रो मौका रहेको र यसलाई आफ्नो तर्फबाट पुर्ण रुपमा सदुपयोग गर्ने बताए ।

नेपाल र ओमान डिभिजन स्तरका चिरप्रतिद्धन्द्धी हुन । सात महिना अगाडी नेपाल डिभिजन टु मा रेलिगेसनमा पर्दा ओमानले पनि त्यो प्रतियोगिता खेलेको थियो । अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन । जसमा नेपालले ३ खेल जितेपछि पछिल्लो ५ बर्षयता ओमान विरुद्ध जित निकाल्न सकेको छैन ।

सन् २००२ को एसीसी ट्रफिमा नेपालले ओमानलाई एक सय ५ रनले हराएको थियो । त्यसको आठ बर्षपछि भिड्दा नेपालल ६ विकेटले विजयी भएको थियो । अन्तिम पटक नेपालले ओमान विरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो । त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ । जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टु मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

पछिल्लो पटक डिभिजन २ बाट ३ मा झरेपनि विश्वकप छनोटमा आठौ हुदै एकदिवसिय मान्यता पाएको नेपाल यो प्रतियोगिताको उपाधिको प्रबल दावेदार मानिएको छ । तर त्यसका लागि नेपाली टिमले पहिलो खेलबाट नै सकारात्मक नतिजा निकाल्न आवश्यक छ । प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग खेल्नेछ । जसलाई आइसीसीले एकदिवसिय मान्यता दिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest