एशिया कप छनाेट: नेपालले टस हारेर ब्याटिङकाे निम्ताे पायाे

एसीसी एशिया कप छनोट प्रतियोगिता नेपालले पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । एसीसी एशिया कप छनोट प्रतियोगिता नेपालले पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । जसमा नेपालले टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे छ ।

आजको खेलमा विनोद भण्डारी, अनिल शा, ललित भण्डारी र ललित राजवंशीलाई आराम दिइएको छ ।

अहिलेसम्म यी दुई टिम ५ पटक खेलेका छन । जसमा नेपालले ३ खेल जितेपछि पछिल्लो ५ बर्षयता ओमान विरुद्ध जित निकाल्न सकेको छैन ।

सन् २००२ को एसीसी ट्रफिमा नेपालले ओमानलाई एक सय ५ रनले हराएको थियो । त्यसको आठ बर्षपछि भिड्दा नेपालल ६ विकेटले विजयी भएको थियो । अन्तिम पटक नेपालले ओमान विरुद्ध २०१३ को डिभिजन थ्रीमा जित निकालेको थियो । त्यसपछिका दुई भिडन्तमा नेपाल पराजित भएको छ । जसमा २०१४ को एसीसी प्रिमियर लिगमा २ विकेटको जित निकाल्दा २०१८ को डिभिजन टु मा ओमानले ६ विकेटको जित हासिल गरेको थियो ।

पछिल्लो पटक डिभिजन २ बाट ३ मा झरेपनि विश्वकप छनोटमा आठौ हुदै एकदिवसिय मान्यता पाएको नेपाल यो प्रतियोगिताको उपाधिको प्रबल दावेदार मानिएको छ । तर त्यसका लागि नेपाली टिमले पहिलो खेलबाट नै सकारात्मक नतिजा निकाल्न आवश्यक छ । प्रतियोगितामा नेपालले दोस्रो खेलमा युएईसँग खेल्नेछ । जसलाई आइसीसीले एकदिवसिय मान्यता दिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest