एशिया कप छनाेटः सागरकाे अर्धसतक, नेपाल राम्राे स्थितीमा

एसीसी एशिया कप अन्तर्गत अहिले नेपाल र ओमान विच प्रतिस्पर्धा भइरहेको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवात राम्रो गर्न सकेन । ओपनल अनिल शा लाई आराम दिएर सुवास खकुरेललाई मौका दिएको नेपालले ३१ रन हुदा पहिलो विकेट गुमायो । नेपालका सुवास मात्र ४ रनमा रनआउट भए ।

त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले केहि सम्हालिने प्रयास गरेका थिए तर सफल भएनन् , पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै नेपालले अर्को विकेट पनि गुमायो । राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो । ओमानको बलिङ अगाडी नेपालका भरपर्दा खेलाडी खासै टिक्न सकेनन । जसमा कारण नेपालले ८० रन बनाउदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए ।

पछिल्लो पटक राम्रो फर्ममा देखिएको सागर पुनले आज उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक बनाए । लामो समय टिम बाहिर रहेर फर्किएका सागले ६३ बलमा अर्धसतक हिर्काए । उनले आरिफ शेखसँग पाँचौ विकेटका लागि गतिलो साझेदारी पनि गर्न सफल भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest