नेपालले ओमानसामु २२२ रनको लक्ष्य, सागर, करण र अारिफकाे उत्कृ्ष्ट ब्याटिङ

एसीसी एशिया कप अन्तर्गत अहिले नेपालले ओमान विरुद्धको खेलमा २२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउदै दुई सय २१ रन बनायो ।
ओपनल अनिल शा लाई आराम दिएर सुवास खकुरेललाई मौका दिएको नेपालले सुरुवात राम्रो गर्न सकेन ।

नेपालको ३१ रन हुदा पहिलो विकेट गुमायो । नेपालका सुवास मात्र ४ रनमा रनआउट भए । त्यसपछि कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले केहि सम्हालिने प्रयास गरेका थिए तर सफल भएनन् , पारस ८ रनमा आउट भएपछि नेपालले ५६ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै नेपालले अर्को विकेट पनि गुमायो ।

राम्रो लयमा देखिएका ज्ञानेन्द्र मल्ल ४५ रनमा पेभेलियन फर्किदा नेपालले ५८ रनमा तेस्रो विकेट गुमायो । ओमानको बलिङ अगाडी नेपालका भरपर्दा खेलाडी खासै टिक्न सकेनन । जसमा कारण नेपालले ८० रन बनाउदा चार विकेट गुमायो । दिपेन्द्रसिंह ऐरी पनि मात्र नौ रनमा आउट भए ।

त्यसपछि पाँचौ विकेटका लागि सागर पुन र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ९२ रनको साझेदारी गरेका थिए । तर नेपालको स्कोर एक सय ७२ रन हुदा आरिफ ३६ रनमा आउट हुन पुगे । यता आरिफसँग राम्रो ब्याटिङ गरेका सागरले ६३ बलमा अर्धसतक हिर्काए । त्यसपछि क्रिजमा आएका रोहित पौडेलले खाता खोल्न नपाउँदा नेपालले एक सय ७८ रनमा छैटौ विकेट गुमायो ।

त्यसपछि करण केसीले विस्फोटक २६ रन बनाए । अन्तिम ओभरमा नेपालले लगातार दुई विकेट गुमाउन पुग्यो । जसमा सागर पुन ८३ रन आउट हुदा बसन्तले खाता खोल्न पाएनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest