के भन्छन कप्तान पारस खड्काले ओमान सँगको हार पछी ?

एशिया कप छनोट २०१८ अन्तर्गत बुधवार खेलिएको आफ्नो पहिलो खेलमा नेपाल ओमान सँग ७ विकेटले पराजित भएको छ ।

पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २२१ रन प्रस्तुत गर्‍यो, जसमा सागर पुनले ८३ रन को योग्दान दिए । ओमानले उक्त लक्ष्य ४८ ओभरमा मात्र तीन विकेट गुमाउदै जित्न सफल भयो ।

के भन्छन नेपाली क्रीकेट टिमका कप्तान पारस खड्का यस हार का बारेमा? डिसी नेपालसँग गरिएको कुराकानीमा आधारित यो अन्तर्वाता ।

नेपालको ब्याटिङ र समग्र खेल ?
बिहान पहिलो ब्याटिङ गर्न सजिलो थिएन । पिच ओसिलो थियो तर पनि ब्याटिङ राम्रै गरेका हौ, २२१ राम्रै स्कोर थियो । दोस्रो इन्निङमा विकेट राम्रो भयो र ब्याटिङ सजिलो भयो सायद हामीले कसिलो बलिङ गर्न सकिन्थ्यो । सागर पुनले राम्रो ब्याटिङ गरेका थिए । फिल्डिङमा केहि गल्ती भएको हो, २-४ वटा मौका लिएको भए खेलको परिणाम अर्कै हुन्थ्यो होला । तर ओमानले राम्रो ब्याटिङ गर्‍यो ।

टसका बारेमा ?
खेल सकिसक्यो अब यतिखेर टस जितेको भए या हारेको भए भन्न मिल्दैन । उनिहरुले हामी भन्दा राम्रो खेल प्रस्तुत गरे । हामीले पहिलो इन्निङमा २२१ बनाउँदा सोचेका थियो यो जित्ने स्कोर हो भनेर तर दोस्रो इन्निङमा विकेटले राम्रो खेल्यो र उनिहरुले पनि राम्रो ब्याटिङ गरे ।

नेपालको आजको फिल्डिङ ?
हामीले फिल्डिङमा थुप्रै मौकाहरु गुमायौ । राम्रो विकेटमा बलिङ गर्दा ति मौकाहरु गुमाउनु दुर्भागय हो ।

सागर पुनको पुनरागमन ?
सागर पुनले आज राम्रो खेले, ब्याटिङमा राम्रो सुधार देखिएको छ । यसअघी मलेशियामा क्रीकेट खेलेको अनुभवले उनलाई फाइदा गरेको जस्तो लाग्छ । उनि परिपक्व पनि देखिएका छन । पहिले देखी नै ब्याटिङ्, बलिङ र फिल्डिङ्मा योग्दान दिइरहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest