एशिया कप छनाेटकाे दाेस्राे खेलमा नेपालले युएइसँग खेल्दै, नेपालले टस जितेर फिल्डिङ गर्दै

एसीसी एशिया कप छनोट क्रिकेटमा आफ्नो दोस्रो खेलका रुपमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र युएईबीचको खेल मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा अहिले बिहान सवा सात बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा सिंगापुरमाथि फराकिलो अन्तरको जित निकालेको युएईभन्दा पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल यो खेलमा बढी दवावमा छ ।

समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्न र प्रतियोगिता जितेर भारत, पाकिस्तानको सिनियर टोलीसँग खेल्ने सपना पूरा गर्नका लागि नेपालले आजको खेल जित्नैपर्छ ।

ओमानबिरुद्ध नेपालको मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेको थियो । जहाँ सागर पुनको ८३ रनको इनिङ उल्लेखनीय थियो । एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएको पहिलो खेलमै सागले शानदार प्रदर्शन गरेका हुन् । उनीबाहेक ज्ञानन्द्र मल्ल र आरिफ शेखले पनि उत्कृष्ट खेले ।

तर, हिजोको खेलमा नेपालको बलिङ प्रदर्शन सन्तोषजनक रहेन । नेपालको बलियो पक्ष मानिएको बलिङ नै लडखडाएपछि नेपालले सुरुआती हार व्यहोर्नुपरेको हो । आजको खेलमा ब्याटिङ र बलिङको सन्तुलन मिलाउनु आवश्यक छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest