अफगानिस्तानविरुद्धकाे दाेस्राे एकदिवसिय खेलमा अायरल्याड ३ विकेटले विजयी

आयरल्याण्ड्सले अफगानिस्तानविरुद्धकाे दाेस्राे एकदिवसिय खेलमा ३ विकेटको जित निकालेको छ ।

गएराति भएको खेलमा १८३ रनको लक्ष्य आयरल्याण्ड्सले ४३.५ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो ।

जितसँगै ३ एक दिवसीय श्रृंखलामा १–१ को बराबरी गरेको छ । आयरल्याण्ड्सको जितमा एन्ड्रे बालविर्नेले ६०, पौल स्र्टलिङले ३९ रन बनाउँदा सिमी सिंहले नट आउट ३६ रनको योगदान दिए । अफगानिस्तानका रासिद खानले ३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका नजिबुल्लाह जरदानले ४२, अस्गर अफगानले ३९ रन जोडेका थिए । आयरल्याण्ड्सका टिम मुर्ताजले ४ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest