नेपाल विरूद्द युएइकाे बलियाे सुरूवात, सन्दिप र बसन्तले लिए १-१ विकेट

एसीसी एशिया कप छनोट अन्तर्गत नेपालले अहिले युएईसँग खेलिरहेको छ । मलेसियाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले बलियो सुरुवात गरेको छ ।

पहिलो खेलमा ओमानसँग ७ विकेटले हारेको नेपालले आज पनि युएई विरुद्ध सुरुवातमा राम्रो बलिङ गर्न सकेन ।

जसका कारण युएईले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्न सफल भयो । तर बसन्त रेग्मीले मोहम्मद अस्फाक अहमदलाई ४५ रनमा आउट गरेपनि नेपाले पहिलो सफलता हात पार्यो ।

त्यसको लगत्तै सन्दिप लामिछानेले कप्तान रोहन मुस्तफालाई पेभेलियनको बाटो देखाएपछि युईएले अरु एक रन पनि थप्न नपाउदै दोस्रो विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest