नेपाल युएइसँग ७८ रनले पराजित,फाइनलमा पुग्ने सम्भावना कठिन

मलेसियामा जारी एसिया कप छनोट क्रिकेट प्रतियेगितामा नेपालले लगातार दाेस्राे हार ब्यहाेरेकाे छ । अाज भएकाे दाेस्राे खेलमा नेपाल युएइसँग  ७८ रनले पराजित भयाे ।  हारपछि नेपालकाे फाइनलमा पुग्ने सम्भावना पनि कठिन बनेकाे छ ।

युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल ४८ अाेभर ५ बलमा १७६ रनमा अल आउट भएपछि ७८ रनले पराजित हुन पुगेको हो । हिजोको खेलमा पनि ओमानविरुद्ध सात विकेटले पराजित भएको नेपाल राउन्ड रोविन लिगमा शीर्ष दुईमा परेर उपाधि भिडन्त गर्ने सम्भावना पनि कमजोर देखिएको छ । २५५ रन पछ्याउने क्रममा नेपालले शुरुआतदेखिनै राम्रो गर्न सकेन् ।

युएईका अहमद राजाले ४ तथा, मोहम्द नाभेदले ३ विकेट लिएका थिए । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भएपछि विकेट पतनको श्रृंखला शुरु भएको थियो । त्यसपछि मैदान आएका कप्तान पारस खड्का पनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी जम्मा २० बल खेल्दै १६ रन बनाएर आउट भए ।

अर्का ब्याट्सम्यान सागर पुनको आजको खेल सम्झन लायक रहेन् । उनी ३ रनमै आउट भएपछि नेपालले ४३ रन बनाउँदा ३ विकेट गुमाएको थियो । त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी र अर्का ओपनर सुवास खकुरेलले ८८ बलमा ५८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए । तर खकुरेल ५० रन बनाउँदै आउट भएपछि फेरि नेपालको पारि धमराउन शुरु गरेको थियो ।

सुवास चौथो विकेटका रुपमा आउट भएपछि लगातार थप २ विकेट नेपालले गुमाएको थियो । नेपालका आरिफ शेख र करन केसी एउटै ओभरमा आउट भए । आरिफले ३ रन बनाउँदा करन केसीले खातानै खोल्न सकेनन् । यस्तै रोहित पौडेल पनि ९ रन बनाउँदै पेभेलियनको बाटो लागे । टस हारि पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २५४ रन बनायो ।

युएइले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्न सफल भयो । तर बसन्त रेग्मीले मोहम्मद अस्फाक अहमदलाई ४५ रनमा आउट गरेपछि नेपाले पहिलो सफलता हात पार्यो । त्यसको लगत्तै सन्दिप लामिछानेले कप्तान रोहन मुस्तफालाई पेभेलियनको बाटो देखाएपछि युईएले अरु एक रन पनि थप्न नपाउदै दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि रमिज सहजाद र चिराग सुरी विच ६७ रनको साझेदारी हुदा युएई बलियो स्थितीमा पुगेको थियो ।

तर एक सय ३७ रनमा उसले तेस्रो विकेट गुमायो । त्यसपछि एक सय ५९ रन हुदा नेपालले युएईको ५ विकेट लियो । नेपाल विरुद्ध राम्रो लयमा देखिएका चिराग सुरीलाई ६५ रनमा दिपेन्द्र ऐरीले रनआउट गरेपछि युएईले एक सय ८४ रनमा ६ विकेट गुमायो । तर सन्दिप लामिछानेले आफ्नो अन्तिम ओभरमा दुई विकेट लिएपछि युएईले दुई सय २१ रनमा आठ विकेट गुमायो ।

अन्तिममा अद्नान मुफ्तीले आक्रामक अर्धसतक प्रहार गरेपछि युएईले नेपाललाई बलियो लक्ष्य दिन सफल भयो । अद्नानले ५७ रन बनाए । आजको खेलमा सन्दिप लामिछानले १० ओभर बलिङ गर्दै २ ओभर मेडन सहित ४ विकेट लिए । यसैगरी बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई बिकेट लिए । नेपालले अब शनिबार मलेसियासँग खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest