अाइपिएल टिम बैङलाेरकाे प्रशिक्षकमा ग्यारी कस्र्टन नियुक्त

इन्डियन प्रिमियर लिग आईपीएलको एउटा टिम रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी)ले भारतीय टिमका पूर्व प्रशिक्षक समेत रहेका ग्यारी कस्र्टनलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । उनले डेनियल भिटोरीको स्थान लिनेछन् ।

कस्र्टनले भारतलाई सन् २०११ मा भारतलाई विश्वकप जिताएका थिए । कस्र्टन गत सिजनमा बेंग्लोरकै ब्याटिङ प्रशिक्षक थिए ।

मूख्य प्रशिक्षक नियुक्त भएपछि प्रतिक्रिया दिदैं उनले भने ‘गत सिजनमा भिटोरीसँग मिलेर काम गर्न पाएको थिए, त्यसले मलाई धेरै फाइदा पुगेको छ अब नयाँ च्यालेन्जका लागि म तयार छु ।’

बेंग्लोरल सन् २००८ देखि शुरु भएको आईपीएलमा तीन पटक उपविजेता मात्रै भएको छ ।

भारतीय टिमका कप्तान विराट कोहली बेंग्लोरका पनि कप्तान हुन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest