चाैथाे टेष्टकाे पहिलाे दिनकाे खेल भारतकाे नियन्त्रणमा

इंग्ल्याण्डविरुद्धको चौथो टेस्टको पहिलो दिन भारतले पूर्णरुपमा आफ्नो नियन्त्रण लिन सफल भयो ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड पहिलो दिनमै ७६.४ ओभरमा २ सय ४६रनमा अलअाउट भयाे । इंग्ल्याण्डका लागि सेम कुरेनले सर्वाधिक ७८ रन बनाएका थिए भने मोइन अलीले ४० रनको योगदान दिए ।

बेन स्टोकले २३ रन बनाउँदा एलेस्ट कुकले १७ रनको योगदान गरे । भारतका लागि जसप्रीत बुमराहले ३ तथा ईशान्त शर्मा, मोहम्मद शामी, रविचन्द्रन आश्विनले दुई दुई विकेट लिए ।

यसैगरी हार्दिक पाण्ड्याले १ विकेट लिएका थिए । २४६ रनमा इंग्ल्याण्डलाई रोकेको भारतले हिजोनै पहिलो पारि शुरु गरेको थियो । पहिलो दिनको खेल सकिँदा भारतले १९ रन बनाएको छ ।

उसका अझै १० विकेटनै सुरक्षीत छन् । भारतका लोकेश राहुल ११ तथा शिखर धवन ३ रनमा क्रिजमा छन् । उनीहरुले आज दोस्रो दिनको खेल अघि बढाउने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest