नेपाल र मलेसिया विरूद्दकाे खेल बर्षाका कारण सुरू हुन सकेन

एसिया कप छनोट छनाेट अन्तर्गत नेपालले अाज मलेसियासँग खेल्दैछ । तर मैदानमा भारी बर्षाभएपछि टस हुन सकेकाे छैन । टस हुन केहि समयबाँकि हुदा एक्कासी बर्षा भएपछि मैदान पुरै गिलाे भएकाे छ । जसका कारण खेल केहि समय ढिलाे हुने भएकाे छ ।

सुरूवाती दुइ खेलमा हार ब्यहाेरेकाे नेपालले प्रतियाेगिताकाे फाइनलकाे अाशा जिवीतै राख्न बाँकि सबै खेल जित्नु पर्नेछ ।

५० अाेभरकाे खेलमा नेपालले मलेसियासँग हारेको छैन। अहिलेसम्म यी दुइ टिम छ पटक खेलेका छन ।

पछिल्लो पटक नेपालले सन् २०१४ को डिभिजन थ्री मा मलेसियासँग खेलेको थियो। मलेसियामै भएको उक्त खेलमा नेपाल डिएल मेथडमा ३६ रनले विजयी भएको थियो।

सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो।

यस्तै २०१० को एसीसी ६रफी एलिटमा नेपालले मलेसियालाई ८ रनले पराजित गरेको थियो भने २०१२ मा भएको डिभिजन ४ मा नेपालले मलेसियामाथि १० विकेटको जित हात पारेको थियो।

२०१२ कै एसीसी ट्रफी एलिटमा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो भने २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५ विकेटले विजयी भएको थियो।
दुई हारपछि प्रतियोगिताको फाइनल पुग्नै नेपाललाई कठिन देखिएको छ। त्यसका लागि नेपालले आफ्नो बाँकी तीनवटै खेल जितेर मात्र पुग्दैन अन्य खेलको नतिजा पनि आफ्नो पक्षमा पार्नुपर्नेछ।

पहिलो खेलमै ओमानसँग हारेको नेपाल दोस्रो खेलमा युएईसँग पराजित भयो। ओडिआई मान्यता प्राप्त उक्त खेलमा नेपालले बलिङमा सुधार गरेपनि ब्याटिङमा पुरानै समस्या कायम रह्यो।

यद्यपी नेपालको फाइनल पुग्ने सम्भावना भने अझै सकिएको छैन। नेपालले बाँकबी तीन खेल जित्ने युएईले पनि बाँकी तीन खेल्ने जिते र हङकङले ओमानलाई पराजित गरेको खण्डमा नेपालको शीर्ष दुईको समभावना अझै बाँकी छ। त्यसका लागि रनरेटमा पनि सुधार गर्नुपर्नेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest