५ विकेट झरेपछि नेपाल पुर्ण रूपमा दबावमा

एशिया कप छनोट अन्तर्गत अहिले नेपाल र मलेसिया विच प्रतिस्पर्धा भइरहेको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खेलमा नेपाल सुरुवातमा नै दबावमा आएको छ । बर्षाका कारण खेल विथोलिएपछि ३० ओभरमा झारिएको खेलमा नेपालले १८ रन हुँदा पहिलो विकेट गुमायो ।

ओपनर सुवास खकुरेल ९ रनमा आउट भए । त्यसपछि ३८ रन बनाउदा नेपालले अर्को विकेट खेर फाल्यो । यसपटक ज्ञानेन्द्र मल्ल ११ रनमा पेभेलियन फर्किए ।

एकपछि अर्को विकेट गुमाएको नेपालका कप्तान पारस खड्का १३ रनमा आउट हुँदा नेपालले ५६ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि स्कोरबोर्डमा अरु चार रन थप्दा नेपालले चौथो विकेट पनि खेर फाल्यो । ओपनर अनिल शा १६ रनमा आउट भए ।

त्यसपछि सागर पुन पनि खाता खोल्न नपाउदै आउट भएपछि नेपालले ६० रनमा नै ५ विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest