अारिफ र दिपेन्द्रकाे उत्कृष्ट ब्याटिङका कारण नेपालले मलेसिया सामु १८९ रनकाे लक्ष्य

एशिया कप छनोट अन्तर्गत अहिले नेपालले मलेसियालाई एक सय ८९ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले बर्षाका कारण ३० ओभरमा झारीएको खेलमा सात विकेट गुमाउँदै एक सय ८८ रन बनायो ।

नेपालले १८ रन हुँदा पहिलो विकेट गुमायो । ओपनर सुवास खकुरेल ९ रनमा आउट भए । त्यसपछि ३८ रन बनाउदा नेपालले अर्को विकेट खेर फाल्यो । यसपटक ज्ञानेन्द्र मल्ल ११ रनमा पेभेलियन फर्किए । एकपछि अर्को विकेट गुमाएको नेपालका कप्तान पारस खड्का १३ रनमा आउट हुँदा नेपालले ५६ रनमा तेस्रो विकेट गुमायो ।

त्यसपछि स्कोरबोर्डमा अरु चार रन थप्दा नेपालले चौथो विकेट पनि खेर फाल्यो । ओपनर अनिल शा १६ रनमा आउट भए । त्यसपछि सागर पुन पनि खाता खोल्न नपाउदै आउट भएपछि नेपालले ६० रनमा नै ५ विकेट गुमायो । तर त्यसपछि दिपेन्द्र ऐरी र आरिफ शखेले दरिलो साझेदारी गर्दै नेपालको पारीलाई बचाए ।

कप्तान पारस खड्का आउट भएपछि ५६ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका दिपेन्द्रले ५४ रन बनाए । तर नेपालको स्कोर एक सय ६१ रन हुदा लगातार दुई विकेट झर्यो ।

दिपेन्द्र आउट भएको लगत्तै सोमपाल कामी पनि पेभेलियन फर्किए । तर आरिफ शेखले नेपालका लागि उत्कृष्ट ब्याटिङ गरे । दिपेन्द्रसंग एक सय एक रनको साझेदारी गरेका आरिफले अविजीत ६४ रन बनाए । यो क्रममा उनले ५ चौका र दुई छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest