एशिया कपका लागि काेहलीकाे सट्टा राेहित कप्तान

भारतीय क्रिकेट टिमका नियमित कप्तान विराट कोहलीले एसिया कपमा सहभागिता नजनाउने भएका छन ।

एसिया कपका लागि भारतले रोहित शर्माको कप्तानीमा टिम घाेषणा गरेकाे छ । जसमा केएल राहुल, दिनेश कार्थिक, हार्दिक पाण्डेय, अक्क्षर पटेल, कुलदीप यादब, यूज्भेन्द्र चाहल,अम्बाती रयदु, मनिष पान्डे, केदार जाधव, महेन्द्रसिंह धोनी,  भुवनेश्वर कुमार, जमप्रित बुमराह, सार्दुल ठाकुर र खलिल अहमद टिममा छन्। भारतीय टिममा खलिल अहमदले पहिलाे पटक स्थान बनाएका छन ।

आगामी १५ सेप्टेम्बरदेखि यूएइमा सुरू हुने प्रतियोगितामा भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र अर्काे एक टिमले प्रतिस्पर्धा गर्ने छ। जसका लागि मलेसियामा छनाेट प्रतियाेगिता भइरहेकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest